अफगानिस्तानमा १६ तालिवान आतंककारी मारिए काबुलमा १३ नेपालीको हत्या पनि यिनैले गरेका थिए

6:18:00 AM


कुन्दुज (अफगानिस्तान), १२ असार । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा शनिबार रातभरी भएको अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा १६ तालिवान आतङ्ककारी मारिएका छन् ।
सेनाद्वारा आइतबार प्रकाशित एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । सो आक्रमणमा परी तालिवानको वरिष्ठ नेता मुल्लाह जानात गुलसहित तालिवानको १६ जना सदस्य मारिएका उक्त विज्ञप्तिमा जनाइएको छ ।
चाहार दारा जिल्लाको क्युआस टिपा सडकमा गुसिडरहेको दुई वटा सवारी साधनलाई लक्ष्यगरी नेटोआवद्ध अन्तर्राष्ट्रिय सुरक्षाबलद्वारा यस ड्रोन आक्रमण गरिएको सेनाद्वारा प्रकाशन सो विज्ञप्तिमा उल्लेख भएको समाचारमा बताइएको छ ।
अफगानिस्तानमा गत अप्रिलबाट तालिवान आक्रमणकारी समूहले भीषण आक्रमण घोषणा गरेयतादेखि नै आतङ्ककारीविरुद्ध नेटो आवद्ध सैनिकले ड्रोन आक्रमणलाई बढाएको छ ।
गत शनिबार राति गरिएको यस ड्रोन आक्रमणको तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images