एसियाली मुलुकमा रोजगारीमा रहेका नेपालीले अब ५ हजार रुपैयाँ (५० डलर) मै राहदानी पाउने भएका छन्

11:14:00 PM

काठमाडौं, १८ भदौं । एसियाली मुलुकमा रोजगारीमा रहेका नेपालीले अब ५ हजार रुपैयाँ (५० डलर) मै राहदानी पाउने भएका छन् । सकारको यो निर्णयबाट सबभन्दा बढी नेपाली रहेका खाडी मुलुक र मलेसियामा रहेका कामदारले राहात पाउनेछन् ।

ती मुलुकमा काम गर्न गएका नेपालीबाट राहदानीमा चर्को शुल्क लिएको भन्दै सरकारको आलोचना बढेपछि मन्त्रिपरिषद्को बिहीबारको बैठकले राहदानीको राजस्व एकैपटक ३० डलर(करिब तीन हजार रुपैयाँ) घटाउने निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images